कोरोनाको दोस्रो लहरसँगै सरकारले निषेधाज्ञापछि बन्द गरेको आन्तरिक उडान बिहीबार खुल्ने खुल्दैछ । आन्तरिक उडान खुलाएसँगै शुरूआतमा दैनिक ६४ उडान हुने वायुसेवा संचालक संघले जनाएको छ ।
बिहीबार बिहान ६ देखि साँझ ६ बजेसम्म आन्तरिक उडान हुने संघका प्रवक्ता योगराज कँडेलले जानकारी दिए । उनका अनुसार बुद्ध एयरले ३१ वटा यती एयरलाइन्सले १५, श्री एयरलाइन्सका ७, सौर्यको ३ सहित ८ एयरलाइन्सले दैनिक उडान भर्नेछन् ।
सञ्चालन गर्न लागिएको उडान निषेधाज्ञाअघि भइरहेको कुल क्षमताभन्दा ५० प्रतिशतले कमी हो । निषेधाज्ञाअघि गत वैशाखमा दैनिक १ सय ३० आन्तरिक उडान हुँदै आएको थियो । निषेधाज्ञा खुकुलो भएसँगै आन्तरिक उडान खुल्ला गर्न लागिएकाले यसको संचालन र व्यवस्थापनमा नागरिक उड्डयन प्राधिकरण (क्यान) जारी गरेको सबै स्वास्थ्य मापदण्ड पालना गरेर मात्र उडान संचालन गर्नुपर्ने क्यानका प्रवक्ता राजकुमार क्षेत्रीले बताए ।
क्यानले हिजोमात्र वायुसेवा संचालकलाई नयाँ मापदण्डसहितको सर्कुलर जारी गरेको बताएको छ । उडान संचालन गर्ने मोडालिटीबारे जिल्ला प्रशासन, सुरक्षा निकायका प्रतिनिधिबीच हवाई कम्पनीले छलफल गरेको छ । छलफलमा जतिसक्दो एयरपोर्टमा भीड कम गर्ने, सावुनपानीले हात धोएर यात्रु भित्र प्रवेश गर्ने, अनुभवी स्वास्थ्यकर्मीबाट स्वास्थ्य जाँच गराएर एयरपोर्टभित्र प्रवेश गर्ने, यात्रु चेकिङमा खटिएका सबैले पीपीई लगाएर सामाजिक दूरी कायम गर्ने, यात्रुलाई पुयाउन वा लिन जाने आफन्त विमानस्थल परिसरमा पस्न नपाइने लगायका विषय उठेका छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।