शनिबार, साउन ९ २०८३
ताजा अपडेट

विमलेन्द्र–शशांक–प्रकाशमान भेट : केन्द्रीय सदस्यहरुसँग छलफल गर्ने निर्णय


  • मंगलबार, असार १५ २०७८
13.1K
SHARES

फाईल तस्बिर

नेपाली कांग्रेसका नेतात्रय विमलेन्द्र निधि, शशांक कोइराला र प्रकाशमान सिंहले अब केन्द्रीय सदस्यहरुसँग छलफल गर्ने भएका छन् ।

यो साता तीन नेताले पालैपालो एकअर्काको घरमा गई १४ औं महाधिवेशनको विषयमा सम्वाद गरेका छन् ।

८ असारमा उपसभापति निधिको निवासमा भेटेका नेतात्रयबीच महामन्त्री कोइरालाको निवासमा पनि भेटवार्ता भयो ।

मंगलबार सिंहको चाक्सीबारीस्थित निवासमा भेटेका नेतात्रयले आगामी शुक्रबार केन्द्रीय सदस्यहरुसँग छलफल गर्ने तय गरेका छन् ।

त्यसपछि १३ औं महाधिवेशनमा सभापतिको उम्मेवारहरुसँग छुट्टाछुट्टै छलफल गर्ने बताइएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा