शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

ओलीको भाषण रेकर्ड गरेर राख्नुहोला: माधव नेपाल


  • मंगलबार, असार १५ २०७८
10.5K
SHARES

फाईल तस्बिर

नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भाषण रेकर्ड गरेर राख्न आग्रह गरेका छन्।

प्रधानमन्त्री ओलीले आज बालुवाटारमा मदन भण्डारीको जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा नेता नेपालप्रति कटाक्ष गरेका थिए। नेता नेपाललाई प्रधानमन्त्री दिन आफूलाई बौलाह कुकुरले टोकेको छ र भन्ने अभिव्यक्ति प्रधानमन्त्री ओलीको थियो।

प्रधानमन्त्रीले उक्त अभिव्यक्ति दिएको केही समयपछि संघीय संसद भवनमा विपक्षी गठबन्धनले वुद्धिजीविसँग गरेको छलफलमा नेता नेपालले प्रधानमन्त्रीले बोलेको कुरा रेकर्ड गरेर राख्नुपर्ने बताए।

नेता नेपालले राम्रो प्रणाली मात्र भएर नहुने र संस्कार चाहिने बताएका थिए। प्रधानमन्त्री ओलीमा संस्कार नभएको उनको टिप्पणी थियो।

‘उहाँको भाषण रेकर्ड गरेर राख्नुहोला। राम्राराम्रा कुरा बोल्नुभएको होला। म पनि खोजिरहेको छु। भाषण ध्यान दिनुपर्ने रहेछ,’ नेता नेपालले भने, ‘बौलाह कुकुरले टोकेको छ भन्ने कुरामा ध्यान जाओस्।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा