नेकपा एमालेका नेता वामदेव गौतमले सरकारले किसान विरोधी कदम चालेको आरोप लगाएका छन् ।
अखिल नेपाल किसान महासंघका अध्यक्षसमेत रहेका गौतमले सरकारी कदमकै कारण कृषि क्षेत्र तहसनहस हुँदै गएको भन्दै भर्त्सना गरेका छन् ।
राष्ट्रिय धान दिवसको अवसरमा एक विज्ञप्तिमार्फत् शुभकामना प्रदान गर्दै नेता गौतमले कृषि क्षेत्रको विकासमा सरकार नै बाधक बनेको आरोप लगाएका छन् ।
बहुराष्ट्रिय कम्पनीलाई नेपालको प्राथमिक उत्पादनको क्षेत्रमा प्रवेश गराउन वैदेशिक लगानी व्यवस्था ऐन संशोधन गरेर किसानलाई बेरोजगार र घरबारबिहीन बनाउन उद्यत भएको उनको आरोप छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।