नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच मंगलबार फेरि लञ्च मिटिङ हुने भए संगै कांग्रेसमा तरंग सिर्जना भएको छ ।
कांग्रेस पूर्वमहामन्त्री प्रकाशमान सिंह निवास चाक्सीबारीमा दिउँसो लञ्चसहित छलफल हुन लागेको प्रकाशमान निकट नेता श्रीराम लामिछानेले जानकारी दिए ।
महाधिवेशन नजिकिएसँगै नेतात्रय सिंह निधि र कोइराला बीच लञ्च मिटिङले निरन्तरता संगै कांग्रेसमा तरंग सिर्जना भएको जानकारहरु बताउछन ।
निधि निवासबाट सुरु भएको लञ्च मिटिङ कोइराला निवास हुँदै आज चाक्सीबारीमा हुन लागेको नेता श्रीराम लामिछानेले जानकारी दिए ।
आसन्न महाधिवेशनमा सभापतिका आकांक्षी तीनै जनाले सहमतीमा नेतृत्व चयन गर्ने गरी छलफललाई निरन्तरता दिएका छन् ।
कांग्रेसमा पारिवारिक लिगेसी बोकेका निधि, कोइराला र सिंहबीचको निरन्तरको छलफलले पार्टीभित्र तरंग ल्याएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।