शनिबार, साउन ९ २०८३
ताजा अपडेट

सुजाता निवासमा पौडेल र सिटौलासहितको लञ्च मिटिङ


  • सोमबार, असार १४ २०७८
10.6K
SHARES

फाइल तस्विर

नेपाली कांग्रेसको महाधिवेशन नजिकिएसँगै नेताहरुबीच अनौपचारिक छलफलले तीव्रता पाएको छ ।

सोमबार वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला केन्द्रीय सदस्य सुजाता कोइरालाको मण्डिखाटारस्थित निवासमा छलफलका लागि पुगेका छन् ।

पौडेल र सिटौलालाई कोइरालाले आफ्नो निवासमा खाना खान बोलाएकी थिइन् । महाधिवेशनमा सभापति देउवाले नेतृत्वमा दोहोरिने गरी तयारी अगाडि बढाएपछि संस्थापनइतर समूहबाट सहमतिमा नेतृत्वबारे छलफल गर्न कोइरालाले पौडेल र सिटौलालाई बोलाएको कोइराला निकट एक नेताले बताए ।

कोइरालाले आफू सभापातिमा उठ्ने बताउँदै आएकी छन् भने वरिष्ठ नेता पौडेलले पनि अन्तिम पटकका लागि सभापति बन्ने इच्छा राखेका छन् । कांग्रेसमा तेस्रो धारको नेतृत्व गर्दै आएका सिटौलाले भने नेतृत्वका बारेमा मौन देखिन्छन् ।

कांग्रेसभित्र उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहले भावी नेतृत्व सर्वसम्मत चयन गर्ने भन्दै छलफल गर्दै आएका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा