बुधबार, कार्तिक १२ २०८३
ताजा अपडेट

विपक्षी दललाई शम्भु थापाको प्रश्न : सत्तामा नभएको बेला हामी चाहिने, अरूबेला किन नचाहिने ?


  • सोमबार, असार १४ २०७८
13.6K
SHARES

फाईल-तस्बिर

वरिष्ठ अधिवक्ता शम्भु थापाले विपक्षी दललाई आफु सत्तामा नभएको बेला बुद्धिजीवीहरू चाहिने बताएका छन् ।

सोमबार विपक्षी ५ दलले विभित्र पेशागत क्षेत्रका बुद्धिजीवीसँग नयाँ बानेश्वरमा गरेको कार्यक्रममा बोल्दै थापाले सत्तामा रहुञ्जेल बुद्धिजीवी नचाहिने र सत्ताबाहिर पुगेपछि चाहिने भन्दै ब्यङ्ग्य गरे ।

उनले विपक्षी दलका नेताहरूलाई आज सरकारले गरेको संवैधानिक  नियुक्ति  जस्तै तपाईले पनि भोलि त्यसरी नै नियुक्त गर्ने हो ? त्यसरी पनि देश बन्छ ? भन्दै प्रश्न गरे ।

उनले सबै दल मिलेर समाजवाद ल्याउने भनेर संविधानमै लेखेको तर  समाजवाद ल्याउने कुनै काम नगरेको बताए । उनले त्यसका लागि विद्येयक ल्याउनुभयो ? त्यत्रो जनयुद्ध गर्नुभयो तर त्यसका लागि न्युनतम कुरा के ल्याउनुभयो भन्दै प्रश्न गरे ।

अहिले अदालतमा सेटिङको कुरा आएको भन्दै उनले भने, ‘मुद्दा हेर्ने न्यायाधीश छान्दा धेरै देशमा पैसा खाएर वाक्क दिक्क पारेपछि अटोमेशन सिस्टम ल्याएको छ । नेपालमा केही न्यायाधीशले त्यसको अभ्यास गर्न खोजेपनि अहिले त्यसलाई रोकिएको छ ।’

अधिवक्ता थापाले काँग्रेस सभापति शेरबहादुर देउवालाई सरकारले गरेको संवैधानिक नियुक्तिमा कति भाग पाएको छ भन्दै प्रश्न गरे । देउवाले त्यसको प्रष्ट जवाफ दिन आग्रह गरे ।   राष्ट्रपति खोपीको देउताको रूपमा रहेको भन्दै उनलाई थप अधिकार दिने प्रपञ्च नगर्न उनले समेत आग्रह गरे ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा