बुधबार, साउन १३ २०७८
ताजा अपडेट

न्यूयोर्कमा पानीपुरी बेच्दै प्रियंका


  • KTM Khabar
  • सोमबार, असार १४ २०७८
3.2K
SHARES

फाइल तस्विर

बलिउडकी ‘देसी गर्ल’ प्रियंका चोपडा अहिले हलिउडमा आफूलाई स्थापित गर्न प्रयासरत छिन् । उनी हलिउडका कैयौं ठूला प्रोजेक्टमा व्यस्त छिन् । यही कारण उनले न्यूयोर्कमा खोलेको सोना रेष्टुरेन्टमा जाने मौका पाइरहेकी थिइनन् ।

हालैमात्र उनले आफ्नो व्यस्त समय तालिकाबाट केही समय फुर्सद निकालेर रेष्टुरेन्ट पुगिन् । जहाँ उनले आफ्ना नजिकका साथीहरुसँग निकै मस्ती गरिन् । त्यहाँ उनले आमा मधु चोपडाको जन्मदिन पनि मनाइन् ।

प्रियंकाले सामाजिक सञ्जालमा राखेको तस्वीरमा उनलाई स्टाइलिस लुकमा देख्न सकिन्छ । उनले रेष्टुरेन्टमा साथीहरुसँग पानीपुरी खाइरहेको तस्वीर पनि राखेकी छन् ।

‘मलाई विश्वास नै छैन कि म अन्ततः सोनामा छु । तीन वर्षको योजना पछिको मेहनत सोनामा देखिरहेकी छु’, उनले लेखेकी छन् ।

प्रियंकाको रेष्टुरेन्टमा भारतीय खानेकुरालाई प्राथमिकता दिइएको छ । जसमा पानीपुरी आइटम पनि छ


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा