बुधबार, कार्तिक १२ २०८३
ताजा अपडेट

नेपाली व्यवसायी संघ कतारद्वारा एक करोडभन्दा बढीको स्वास्थ्य सामग्री सहयोग


  • सोमबार, असार १४ २०७८
5.7K
SHARES

फाइल तस्विर

नेपाली व्यवसायी संघ, कतारले कोरोना भाइरस (कोभिड- १९) बाट प्रभावित नेपाली समुदायलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

स्वास्थ्य सामग्रीहरुमा १४ थान भेन्टिलेटर, ४२ थान अक्सिजन कन्सन्ट्रेटर, दुई हजार एक सय थान पल्स अक्सिमिटर र ५० थान नेजल क्यानुला रहेको नेपाली व्यवसायी संघ कतारका अध्यक्ष महेन्द्र चौलागाईले जानकारी दिए ।

अध्यक्ष चौलागाईका अनुसार एक करोड २० लाख रुपैयाँ बराबरको भेन्टिलेटर, अक्सिजन कन्सन्ट्रेटर, पल्स अक्सिमिटर र नेजल क्यानुला व्यवसायी संघ कतारका प्रतिनीधिले स्वास्थ्य मन्त्रालयका प्रमुख डाक्टर रोशन पोख्रेललाई हस्तान्तरण गरिएको बताए ।

उक्त सामग्री स्वास्थ्य मन्त्रालयमार्फत सातै प्रदेशका प्रादेशिक अस्पतालहरुलाई समान संख्यामा वितरण गरिनेछ । जस अन्तर्गत हरेक प्रदेशले दुई वटा भेन्टिलेटर, ६ वटा अक्सिजन कन्सन्ट्रेटर, ३०० वटा पल्स अक्सिमिटर, सात वटा नेजल क्यानुला पाउनेछन् ।

१ करोड २० लाख रकम संघमा आवद्ध व्यवसायीहरुबाट संकलन गरी स्वास्थ्य सामग्री खरिद गरी स्वदेश पठाईएको उनले बताए ।

नेपाली दूतावासको समन्वयमा कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्वाजको संरक्षकत्वमा नेपाली व्यवसायी संघ कतारका पदाधिकारीसहितको सहयोग समिति बनाइ उक्त रकम संकलन गरेको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा