शनिबार, साउन ९ २०८३
ताजा अपडेट

मदन जयन्तीमा माधव नेपालको गुनासो- एमाले विधान, विधि र सिद्धान्तमा चलेन


  • सोमबार, असार १४ २०७८
9.7K
SHARES

फाईल तस्बिर

नेकपा एमालेबाट निष्कासन गरिएका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी विधान, विधि र सिद्धान्त अनुरुप चलनेको गुनासो गरेका छन् ।

एमालेका तत्कालीन महासचिव मदन भण्डारीको ७०औँ जन्मजयन्तीको अवसरमा नेपालले एक वक्तव्य जारी गर्दै पार्टी र सरकार संविधान, पार्टी विधान, विधि र सिद्धान्त अनुरुप नचलेको गुनासो गरेका हुन् ।

एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय हितमा आघात पुग्ने र लोकतन्त्रविरुद्ध दक्षिणपन्थी बाटो अवलम्वन गर्दै लोकतन्त्रका आधारभूत मान्यताहरु नष्ट गर्ने तथा संविधानमाथि प्रहार गरिरहेको उनले आरोप पनि लगाएका छन् ।

‘शान्तिपूर्ण र प्रतिस्पर्धात्मक राजनीतिको माध्यमबाट कम्युनिष्ट पार्टीले प्राप्त गरेको जनविश्वासको जगमा देशको संविधान, पार्टी विधान, विधि र सिद्धान्त अनुरुप पार्टी एवम् सरकार सञ्चालन नगरी राष्ट्रिय हितमा आघात पुग्ने र लोकतन्त्रविरुद्ध दक्षिणपन्थी बाटो अवलम्वन गर्दै लोकतन्त्रका आधारभूत मान्यताहरु नष्ट गर्ने तथा संविधान माथि मर्मान्तक प्रहार गर्ने दिशाको नेतृत्व कम्युनिष्ट पार्टीकै नाम र नेतृत्वमा हुनु वर्तमानको तीतो यथार्थ एवम् हामी सबैका लागि दुःखद अवस्था हो,’ उनले वक्तव्यमा भनेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा