शनिबार, साउन ९ २०८३
ताजा अपडेट

नागरिक समाजसँग छलफल गर्दै विपक्षी पाँच दलको गठबन्धन


  • सोमबार, असार १४ २०७८
7.9K
SHARES

फाईल तस्बिर

प्रतिनिधिसभा विघटनपछि सरकारविरूद्ध आन्दोलीत विपक्षी पाँच दलको गठबन्धनले आज नागरिक समाजसँग छलफल गर्दैछ ।

प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दा सर्वोच्च अदालतमा विचाराधिन रहेका बेला विपक्षी गठबन्धनले आफ्नो सक्रियता बढाएको हो ।

बिहीबार विभिन्न मिडियाका सम्पादक र शनिवार राजनीतिक बिट हेर्ने सञ्चारकर्मीसँग अन्तर्क्रिया गरेको गठबन्धनले त्यसअघि पाँच विद्यार्थी संगठनलाई सडक संघर्षमा उतारेको थियो ।

गठबन्धनका शीर्ष नेताहरूले आज २ बजे नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा लेखक, नागरिक समाज र बुद्धिजीवीहरूसँग छलफल गर्दै प्रतिनिधिसभा विघटनबारे उनीहरूको धारणा बुझ्नेछन् । त्यसपछि आफ्ना भनाइ राख्ने तयारी छ ।

पाँच दलीय गठवन्धनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको मिलेमतोमा असंवैधानिक रूपमा प्रतिनिधिसभा विघटन गरेको भन्दै कानूनी र राजनीतिक चुनौती दिँदै आएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा