नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ सय रुपैयाँले बृद्धि भएको हो ।
महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९० हजार ७ सय रुपैयाँ, तेजावी ९० हजार २ सय रुपैयाँ रहेको छ ।
शुक्रबार छापावाल सुन ९० हजार ५ सय रुपैयाँ, तेजावी ९० हजार रुपैयाँ र चाँदीको भाउ १ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
यसअघि दुई कारोबार दिन घटिरहेको सुनको मूल्य शुक्रबार स्थिर बनेको थियो । त्यस्तै चाँदी ५ रुपैयाँले बढेको महासंघले जनाएको छ । चाँदीको भाउ १ हजार ३०५ रुपैयाँ कायम गरिएको छ । चादी चाँदी शुक्रबार पनि ५ रुपैयाँले नै बढेको थियो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।