बुधबार, कार्तिक १२ २०८३
ताजा अपडेट

कांग्रेस पदाधिकारी बैठक बस्दै, क्रियाशील सदस्यताबारे छलफल हुने


  • आइतबार, असार १३ २०७८
7.1K
SHARES

फाइल तस्विर

नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले मापदण्ड बनाउन नसकेपछि त्यसको जिम्मा पदाधिकारीलाई नै दिने तयारी भएको छ । त्यसबारे छलफल गर्न छानविन समितिका सदस्यहरुसहित आज पदाधिकारी बैठक बस्दै छ ।

बैठक दिउँसो दुई बजे पार्टी कार्यालय सानेपामा बोलाइएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले महाधिवेशनबारे छलफल गर्न पदाधिकारी बैठक बोलाइएको जानकारी दिए ।

कांग्रेसले भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा १४ औं महाधिवेशन गर्ने गरी कार्यतालिका अनुमोदन गरिसकेको छ । महाधिवेशनका लागि दुई महिना बाँकी भए पनि क्रियाशील सदस्यता विवाद टुङ्गिएको छैन।

रमेश लेखक नेतृत्वको क्रियाशील सदस्यता छानविन समितिले उजुरीमाथि छानविन गरिरहेको छ । आजको पदाधिकारी बैठक क्रियाशील सदस्यता छिटो टुंग्याउनेबारे केन्द्रित हुने छ ।

समितिलाई सदस्यता टुङ्ग्याउन असार २० गतेसम्मको समय दिइएको छ । तर समितिले मापदण्ड बनाउन नसक्दा नयाँ सदस्यको हकमा आएका उजुरीमाथि काम गर्न सकेको छैन ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा