शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

वेल्सलाई जित्दै डेनमार्क पुग्यो युरोकपको क्वार्टरफाइनलमा


  • शनिबार, असार १२ २०७८
14.3K
SHARES

युरो कप २०२०

वेल्सलाई जित्दै डेनमार्क पुग्यो युरोकपको क्वार्टरफाइनलमा पुगेकाे छ ।

कास्पर डोल्बर्ग चम्कँदा वेल्समाथि शानदार जित निकाल्दै डेनमार्क युइएफए युरो कप २०२० को क्वार्टरफाइनलमा पुगेकाे हाे । डेनमार्कले जित निकाल्दै क्वार्टरफाइनल पुग्ने पहिलो राष्ट्र बनेको छ ।

नेदरल्याण्ड्सको आम्स्टर्डममा रहेको आम्स्टर्डम अरिनामा शुक्रबार राति सम्पन्न प्रि–क्वार्टरफाइनल खेलमा डेनमार्कले वेल्सलाई ४–० गोल अन्तरले हराएको हो ।

डेनमार्कको जितमा कास्पर डोल्बर्गले दुई तथा जोकिा माहिलले एक गोल गरेका हुन् ।

खेलको शुरुवाती २० मिनटबाट खेलमा जमेको डेनमार्कका लागि २७औं मिनटमा मिक्केल डाम्स्गार्डको पासमा कास्परले सुन्दर कर्ल गोल गर्दै शुरुवाती अग्रता बनाए ।

पहिलो हाफमा १–० को अग्रता बनाएको डेनमार्कले दोश्रो हाफको शुरुवातमै दोश्रो गोल थपेको थियो ।
खेलको ४८औं मिनटमा मार्टिन ब्रेथवेटको क्रसमा वेल्सका विलियम्स्ले गलती गर्दा कास्परले गोलमा परिणत गर्दै डेनमार्कलाई खेलमा २–० गोल अन्तरको अग्रता दिलाए ।

यसपछि खेल सक्किन २ मिनटमात्र बाँकी रहँदा जोकिन माहिलले गोल गर्दै डेनमार्कलाई ३-० गोल अन्तरको अग्रता दिलाए ।

खेलको इन्जयुरी समयमा मार्टिन ब्रेथवेटको गोललाई भिएआरले मान्यता दिएपछि डेनमार्कले ४-० गोल अन्तरको शानदार जित दिलाए । ब्रेथवेटको गोललाई अफसाइडको लागि भिएआरबाट भेरिफाइ गरिएको थियो ।

खेलको अन्तिम मिनटमा ह्यारी विल्सनलाई फाउलको लागि रेफ्रिले सिधा रातो कार्ड दिदाँ वेल्स १० खेलाडीमा सिमित बन्न पुग्यो ।

बाँकी समयमा गोल हुन नसक्दा समूह बी को उपविजेता डेनमार्कले समूह ए को विजेता वेल्समाथि शानदार जित निकाल्न सफल भयो ।

यो वेल्समाथि डेनमार्कको ११औं भेटमा सातौं जित हो भने वेल्सले जम्मा ४ पटक मात्र जित हासिल गरेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा