जनक शिक्षा सामग्री केन्द्रले नै नेपालको पुरानै नक्सा प्रकाशन गरेको पुस्तक बिक्रीवितरण गरेको पाइएको छ । नयाँ शैक्षिक सत्र सुरु भएसँगै पुस्तक खरिद गरेका अभिभावकले विद्यालयको पाठ्यपुस्तक भित्र नेपालको पुरानै नक्सा फेला पारेका हुन् ।
विद्यालय तहको कक्षा ५ को सामाजिक अध्ययन तथा सिर्जनात्मक कला विषय र कक्षा ९ को सामाजिक अध्ययन विषयको पुस्तकमा लिम्पियाधुरा, लिपुलेक बिनाको पुरानै नक्सा प्रकाशन गरेको भेटिएको छ ।
कक्षा ९ को सामाजिक अध्ययन विषयको नक्सा कार्य शीर्षक रहेको पाठ ७ मा नेपालको पुरानै नक्सा प्रकाशन भएको छ । यस्तै कक्षा ५ को पाठ ६ मा नक्सामा संकेतहरु भरौँ पाठमा पुरानै नक्सा प्रकाशन भएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।