शनिबार, साउन ९ २०८३
ताजा अपडेट

प्रतिनिधिसभाले वैकल्पिक सरकार दिन नसक्दा ताजा जनादेशमा जानुपर्‍यो– मन्त्री पौडेल


  • शनिबार, असार १२ २०७८
10K
SHARES

फाईल तस्बिर

सरकारका उपप्रधानमन्त्री अर्थ एवम् उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभाले वैकल्पिक सरकार दिन नसक्दा ताजा जनादेशमा जान बाध्य भएको बताएका छन् ।

कालीगण्डकी तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजना बुटवलको कार्यालय उद्घाटन गर्दै उनले प्रनिधिसभाले वैकल्पिक सरकारसमेत दिन नसकेको बताए । नेकपा एमालेका नेता पौडेलले संवैधानिक व्यवस्था अनुसार नै प्रतिनिधिसभा विघटन भएको बताए ।

निर्वाचनका माध्यमबाट राजनीतिक स्थिरता सिर्जना गर्दै विकासको अभियान सञ्चालन गर्न विश्वसनीय विकल्प भएको मन्त्री पौडेलले बताए ।

लोकतन्त्रको प्राण निर्वाचन भएकाले राजनीतिक दल निर्वाचनसँग नडराउन उनले आग्रह गरे ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा