शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

इन्द्रावतीले बगायो मेलम्चीमा तीन तले घर


  • शनिबार, असार १२ २०७८
10.7K
SHARES

इन्द्रावती नदीको बाढीले सिन्धुपाल्चोकको मेलम्ची बजारमा  एउटा तीन तले घर बगाएको छ ।

भारी वर्षापछि असार १ गते मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीबाट जोगिएको  सो घर वर्षा र कटानले बगाएको प्रहरीले जानकारी दिएको छ ।

शनिबार बिहान हेलम्बु र मेलम्ची क्षेत्रमा भारी वर्षा भएपछि आएको बाढीले स्थानीय गोपाल दुलालको तीन तले घर बगाएको प्रहरीले जनाएको छ ।

आज यी क्षेत्रमा बाढीको उच्च जोखिम

देशभर वर्षा जारी रहँदा देशभरका केही मुख्य तथा सहायक नदीमा बाढीको जोखिम बढेको छ ।

जल तथा मौसम विभागको बाढी पूर्वानुमान महाशाखाले आज कन्काई, कोशी, कमला, वाग्मती र त्यसका केही सहायक नदी तथा खोलाको आकस्मिक बहाव आउने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

महाशाखाका अनुसार नारायणी‚ कर्णाली‚ महाकाली‚ राप्ती र बबई नदीमा पनि पानीको बहाव सामान्य बढ्ने छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा