नवलपरासी (बर्दघाट सुस्तापूर्व) को बौदीकाली गाउँपालिकाले अब एकल पुरुषलाई मासिक भत्ता दिने भएको छ ।
छैठौं गाउँसभाले पारित गरेको नीति तथा कार्यक्रममा गाउँपालिका भित्रका ४० वर्ष उमेर काटेका एकल पुरुषलाई भत्ता दिने उल्लेख छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीपचन्द्र सुवेदीका अनुसार सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत गाउँपालिकाभित्रका एकल पुरुषलाई भत्ताको व्यवस्था गर्न लागिएको हो ।
कार्यविधि निर्माण गरेर एकल पुरुषलाई मासिक २ हजार रुपैयाँका दरले भत्ता दिइने तयारी गाउँपालिकाको छ । तर अन्य प्रकारका सामाजिक सुरक्षाभत्ता लिएकाहरू यो योजनामा समेटिने छैनन् । गाउँपालिकाभरिमा यस्ता एकल पुरुष ६० जना जति रहेको प्रारम्भिक तथ्याङ्क रहेको प्रमुख प्रशासकीय अधिकृत सुवेदीको भनाइ छ ।
यसैगरी गाउँपालिकाले ८५ वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई सम्मानस्वरूप वार्षिक रूपमा चाडपर्व खर्च उपलब्ध गराउने भएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।