११ असार, काठमाडौँ ।
खेलकुदको क्षेत्रमा सक्रिय काठमाडौँ खेलकुद समाजले सञ्चालन गरिरहेको कोरोना सङ्क्रमण विरुद्धको अभियानलाई एनएमबी बैकले साथ दिएको छ । समाजले सञ्चालन गरेका अभियान मार्फत काठमाडौँ भित्र बसोबास गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरू , प्रशिक्षक, निर्णायक तथा खेलकर्मीहरू मध्ये कोभिड सङ्क्रमित भई बसेकाहरूको निःशुल्क पिसिआर परीक्षण, डाक्टर सहितको सेवा र अत्यावश्यक परेकाहरूलाई पौष्टिक तत्त्व समेत आर्थिक सहयोग गर्ने कार्यहरू गर्दे आइरहेको छ ।
समाजले खेल सम्बद्ध व्यक्ति बाहेक अत्यन्त न्यून आय भएका बृद्धबृद्धाहरुलाई निःशुल्क औषधी वितरण तथा विभिन्न स्थानका स्वास्थकर्मीहरुलाई स्वास्थ्य सामग्री कोभिड किट समेत वितरण गर्दे आइरहेको छ । यस अभियानको सफलताका लागि बैकले करिब ७० हजार बराबरको पौष्टिक आहार एवम् औषधी प्रदान गरेको हो ।
देशको प्रतिष्ठाका लागि समर्पित रहने खेलाडी तथा खेलकर्मीको लागि सहयोग गर्ने अभियान कोभिड सङ्क्रमण न्यून भएको बेला समेत निरन्तर चल्ने समाजका अध्यक्ष बद्रि भट्टराईले बताएका छन् । समाजको यस अभियानमा लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशले विशेष सहयोग गरिरहेका छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।