शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

बन्द भयो ‘अ‍ैंचो पैँचो’ अभियान 


  • शुक्रबार, असार ११ २०७८
15.8K
SHARES

११ असार, काठमाडौँ ।
नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नम्बर ४ ले सञ्चालन गरेको ‘अ‍ैंचो पैँचो’ अभियान हालका लागि बन्द भएको छ । अभियानलाई १ महिनाभन्दा बढी समय सञ्चालन गर्दै बिहीबारबाट बन्द गरिएको हो ।
बिहीबार एक जानकारी गराउँदै सरकारले निषेधाज्ञा खुकुलो बनाएसँगै नागरिकको दैनिकीमा सहज हुने देखिए पछि हालका लागि अभियानलाई बन्द गरिएको जनाइएको छ ।

अभियान अन्तर्गत एक हजारभन्दा बढी जनालाई प्रत्यक्ष रूपमा सेवा प्रदान गरिएको अभियानका संयोजक तथा क्षेत्रीय सभापति राजु श्रेष्ठले बताए ।
श्रेष्ठ भन्छन्, ‘ कोरोना कहरको विषम परिस्थितिमा आफ्नो क्षेत्रका नागरिकको दुःखमा केही गरौँ भनेर जेठ ४ गतेबाट अभियान सुरु गरेको बताए । अभियान अवधिभर एम्बुलेन्स सहित ७ वटा निजी सवारी साधनलाई सेवाका लागि खटाएका थियौँ । डा. प्रणय शमशेर जबरा र टिमले ४४३ जनाले विशेषज्ञ सेवा प्रदान गर्‍यौ ।’
रातो पुलमा कोभिड आइसोलेसन सेन्टर सञ्चालन गरिएको थियो । ८२ जना आइसोलेसनमा बसेर स्वास्थ्य लाभ गर्नु भयो । क्षेत्रको तर्फबाट २ हजार जनालाई निःशुल्क रूपमा खाना खुवाइएको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा