प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकीहरूसँग इमान्दार र सन्तुलित सम्बन्ध राख्न चाहेको बताएका छन् ।
शुक्रबार परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको कार्यक्रममा प्रधानमन्त्री ओलीले एउटाका विरुद्ध अर्काको कार्ड खेल्ने काम नेपालले नगर्ने पनि बताए । ‘राष्ट्रिय हितहरुलाई महत्वमा राखिन्छ तर राष्ट्रिय हित मात्रै होइन राष्ट्रिय हितलाई प्राथमिकतामा राख्दा त्यहाँ न्याय र अन्तर्राष्ट्रिय उत्तरदायित्वलाई छोडियो भने राष्ट्रिय हित या त अन्ध राष्ट्रवाद हुन्छ या संकिर्ण राष्ट्रिय स्वार्थ केन्द्रीत हुन्छ’, प्रधानमन्त्री ओलीको भनाइ छ ।
उनले राष्ट्रिय हितलाई मात्रै महत्व दिँदा त्यसले अन्तराष्ट्रियवादलाई नसमाउने भन्दै अन्तर्राष्ट्रिय भाइचारालाई पनि नसमाउने बताए । ‘राष्ट्रिय हित मात्रै हेर्ने कुरा साना राष्ट्रका लागि झनै उपयोगी हुन सक्दैन । त्यहाँ जस्टिस, त्यहाँ इन्टरनेशनल अब्लिगेसन जोडिनुपर्छ र मात्रै साना राष्ट्रका लागि उपयोगी अन्तत्वगत्वा सवै ठुला साना राष्ट्रका लागि विश्वशान्तिको स्थापना गर्ने, विश्वमा शान्ति कायम राख्ने र विश्वमा साझा समृद्धिका लागि साझा प्रयासहरु केन्द्रीत गर्ने कुरामा’ प्रधानमन्त्रीको भनाइ छ ।
उनले राष्ट्रिय हितहरुको रक्षा र सम्बर्द्धन न्यायपूर्ण र अन्तर्राष्ट्रिय उत्तर दायित्वसहित हुनुपर्दछ भन्नेमा आफु रहेको बताए । उनले जुध्ने भन्दा पनि मित्रताको नीति बनाएर अघि बढ्दा कायरता र लघुतावासको प्रतिनिधित्व नगर्ने भन्दै त्यसले न्याय, शान्ति, र पारस्परिक लाभ र सम्मान प्राप्त गर्ने बताए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।