सोमबार, कार्तिक १० २०८३
ताजा अपडेट

सरुवा बढुवाका लागि मकहाँ नआउनू : गृहमन्त्री


  • शुक्रबार, असार ११ २०७८
9.7K
SHARES

फाईल तस्बिर

उपप्रधान तथा गृहमन्त्री विष्णुप्रसाद पौडेलले गृह प्रशासन र प्रहरीमा कुनै हस्तक्षेप नगर्ने बताएका छन् ।

शुक्रबार गृहमन्त्रीको रुपमा कार्यभार सम्हालेका पौडेलले नतिजाप्रति जवाफदेही भएर आफ्नो जिम्मेवारी अनुरुपको काम गर्न प्रहरी प्रशासन स्वतन्त्र रहेको बताएका छन् । ‘हरेक व्यक्ति परिभाषित जिम्मेवारीप्रति जवाफदेही हुनुपर्छ,’ उनले भने, ‘यहाँहरु आ–आफ्नो परिभाषित जिम्मेवारी सम्पादन गर्न स्वतन्त्र हुनुहुन्छ । सुरक्षा निकायका प्रमुखलाई मन्त्रीले कुनै प्रकारको हस्तक्षेप गर्दैन ।

आफूलाई नतिजा चाहिने भन्दै उनले जवाफदेही भएर काम गर्न आग्रह गरे । उनले सरुवा, बढुवा तथा थमौतीका लागि आफूकहाँ नआउन निर्देशन दिए । ‘साँच्चै अन्याय अनुभूत गरेर आउँछ भने त्यो उजुरी सुन्नका लागि म तयार छु,’ उनले भने, ‘नभए प्रमोसन, थमौती, सरुवा–बढुवाका निम्ति एउटा पुलिस मकहाँ नआओस् ।’

उनले अघि भने, ‘प्रहरी संगठनका प्रमुखका हैसियतले गर्नुपर्ने कामका निम्ति उहाँहरु स्वतन्त्र हुनुहुन्छ । मेरो जिम्मेवारी सहजीकरणको हो । हामीले गर्नुपर्ने निर्णय, निर्देशनका लागि हामी जवाफदेही÷जिम्मेवार छौं, त्यस ढंगले गर्नेछौं । त्यसबाहेकका यावत् कामहरु यहाँहरुले गर्नुपर्दछ ।’

पौडेलले अदालतमा भएका मुद्दा र वर्तमान राजनीतिक परिस्थितिको प्रभावमा नपरी आफ्नो काम गर्न पनि निर्देशन दिएका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा