शनिबार, साउन ३० २०८३
ताजा अपडेट

जनताले चुनाव अघि खोप लगाउन पाउनेछन् : मन्त्री श्रेष्ठ


  • शुक्रबार, असार ११ २०७८
12.5K
SHARES

फाइल तस्विर

शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले मध्यावधि चुनाव अघि नै जनताले कोभिड-१९ विरुद्धको खोप लगाउन पाउने बताएका छन् ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्दै मन्त्री श्रेषठले भने, ‘जनताले नो भोट, नो खोप भनेका छन्, हामी एस खोप, एस भोट गराउँछौं ।’

खोपको सम्बन्धमा छिटै चमत्कारिक सफलता प्राप्त हुने उनले बताए । उनले भने, ‘आगामी वर्षभित्र सबै नागरिकले खोप पाउनेछन् । प्रधानमन्त्रीको पनि यही चाहना छ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२१ भित्र सबै नेपाली जनताले कोभिड-१९ विरुद्धको खोप लगाउन पाउने बताएका थिए ।

कर्मचारीसँगको ब्रिफिङमा मन्त्री श्रेष्ठले संकटमा लड्नका लागि कर्मचारीको मुख्य भूमिका रहने भन्दै सहयोगका लागि आग्रह समेत गरे । उनले भने, ‘विगतमा जे भयो-भयो, वर्तमानमा राम्रो साथ र सहयोग चाहन्छु । अन्तरआत्मादेखि यहाँहरूको सहयोगको अपेक्षा राख्छु । सबलै विश्वासका साथ काम गर्‍यो भने मात्रै चूनौतीको सामना गर्न सकिन्छ । तपाईंहरू स्थायी सरकार हो, हामी मन्त्री यहाँ बोल्दा-बोल्दै पद जान सक्छ । त्यसैले संकटमा लड्न तपाईंहरूको भुमिका मुख्य हुन्छ ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा