शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

विमलेन्द्र, शशांक र प्रकाशमान भेटवार्ता : हामी एकै ठाउँमा छौं !


  • शुक्रबार, असार ११ २०७८
14.2K
SHARES

फाइल तस्विर

नेपाली कांग्रेसमा सभापतिका आकांक्षी नेतात्रय विमलेन्द्र निधि, शशांक कोइराला र प्रकाशमान सिंहले सम्वादलाई निरन्तरता दिएका छन् ।

८ असारमा उपसभापति निधिको निवासमा भेटेका यी तीन नेताहरु शुक्रबार महामन्त्री शशांक कोइरालाको निवास महाराजगञ्जमा भेला भएका छन् । भेटमा पार्टीको आसन्न १४औं महाधिवेशनका साथै राष्ट्रिय राजनीतिबारे छलफल भएको छ ।

आफूहरु आगामी दिनमा पनि निरन्तर सम्वादमा बस्ने बताएका नेतात्रयले सभापतिबारे आफूहरुबीचमा सहमति हुनसक्ने बताए । ‘हामी एकै ठाउँमा छौं र हाम्रो बीचमा सहमति हुने प्रवल सम्भावना छ,’ भेटपछि महामन्त्री कोइरालाले भने ।

यद्यपि कसको नेतृत्व भन्नेबारे सहमति हुन समय लाग्ने पूर्वमहामन्त्री सिंहले बताए ।

तीन नेताबीच सम्वादका लागि पहल गरेका निधिले आफूहरु एकठाउँमा बस्दा देशभरका कार्यकर्तामा उत्साह देखिएको बताए । उनले अघि भने, ‘हाम्रो एउटै भ्वाइस हुन्छ ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा