शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

पूर्वराजालाई गुहार्ने प्रचण्डको काम पनि पूरा भयो : मुख्यमन्त्री पोखरेल


  • शुक्रबार, असार ११ २०७८
12K
SHARES

फाईल तस्बिर

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजालाई गुहार्ने काम पूरा गरेको आरोप लगाएका छन् ।

राजनीनिक प्रतिस्पर्धामा आफूलाई उच्च देखाउन पूर्वराजालाई गुहार्ने काम बाँकी रहेको र त्यो काम पनि प्रचण्डले बिहीबार पूरा गरेको पोखरेलले बताए ।

उनले सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै राजनीतिलाई अरानीतिक बनाउने खेल भएको बताए । उनले अब बाँकी के रह्यो भन्दै प्रश्न समेत गरेका छन् ।

उनले लेखेका छन्, ‘‘राजनीतिक प्रतिस्पर्धामा आफूलाई अग्लो देखाउन पूर्व राजालाई गुहार्न बाँकी थियो, हिजोबाट त्यो पनि पुरा भएछ । राजनीतिलाई अराजनीतिक बनाउने खेल अब के बाँकी रह्यो र ?’

बिहीबार सम्पादकहरुसँगको अन्तर्क्रियामा बोल्दै प्रचण्डले हालको राष्ट्रपति संस्थाभन्दा पहिलेको राजा नै ठिक भन्ने टिप्पणी गरेका थिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा