बुधबार, कार्तिक १२ २०८३
ताजा अपडेट

सरकारप्रति वरिष्ठ अधिवक्ता अर्यालको टिप्पणी : बदनियतको पनि हद हुन्छ नि


  • शुक्रबार, असार ११ २०७८
10.5K
SHARES

फाईल तस्बिर

वरिष्ठ अधिवक्ता श्रीहरी अर्यालले सरकारले अध्यादेश मार्फत् संवैधानिक निकायमा पदाधिकारी नियुक्ति सिफारिस गरिएको र संसदीय सुनुवाइविनै शपथ खुवाउनुलाई बदनियतको हद भनेका छन् । उनले संविधान कहाँ गयो भनेर प्रश्नसमेत गरेका छन् ।

सर्वोच्च अदालतमा संसद विघटनविरुद्धको मुद्दामा शुक्रबार रिट निवेदकको पक्षबाट बहस गर्दै अर्यालले सबै कोणबाट बदनियत राखेर प्रधानमन्त्रीले शासन गरिरहेको बताए ।

उनले भने, ‘बदनियतको पनि हद हुन्छ नि । मन्त्रिपरिषद बिस्तारमा पनि मनपरि । सर्वोच्चले रोकेपछि अहिले आएर ५ जनाले कसरी चलाउनु रे । अझ संविधानको पालना गर्दै अगाडि बढेको रे । संविधान मान्न प्रतिनिधि सभा विघटन गरेर राष्ट्रिय सभाको अधिवेशन बोलाएको रे ।’

उनले कामचलाउ भए पनि बहुमत पाएर नयाँ सरकार चलाउन सुरु गरेजस्तो गरेको बताए ।

संविधानको धारा ७६(५) को ब्याख्या गरेर मात्रै नहुने भन्दै उनले राष्ट्रपतिबाट समेत संविधानको उल्लंघन हुने गरी भएको निर्णय बदरको आदेश जारी गर्न पनि माग गरे ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा