शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

छलफलमा जुटे विमलेन्द्र, शशांक र प्रकाशमान


  • शुक्रबार, असार ११ २०७८
15.7K
SHARES

फाइल तस्विर

कांग्रेस उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच छलफल भइरहेको छ ।

आगामी १४ औं महाधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध गठबन्धन बनाउने तयारीमा रहेका कांग्रेसका यी नेताहरु शशांक निवास महाराजगञ्जमा छलफलमा जुटेका हुन् ।

शशांक कोइरालाका स्वकीय सचिव भरत तिवारीका अनुसार उनीहरूबीच आसन्न महाधिवेशनमा केन्द्रित रहेर छलफल भइरहेको छ ।

यसअघि पनि यी तीन नेताहरुले बानेश्वरस्थित निधि निवासमा छलफल गरेका थिए ।

निधिले आगामी भदौमा हुने पार्टीको १४ औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने तयारी गरेका छन् । सोही तयारी अनुसार उनले नेताहरुसँगको छलफललाई तीव्रता दिएका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा