चीनले पछिल्लोपटक उपलब्ध गराएको कोभिड-१९ विरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाएकाहरुलाई असार २२ गतेबाट दोस्रो डोज लगाइने भएको छ । जेठ २५ गतेदेखि २९ गतेसम्म देशभर ६० देखि ६४ वर्ष उमेर समूहका नागारिकलाई पहिलो मात्रा खोप लगाइएको थियो ।
स्वास्थ्य सेवा विभागले असार २२ गतेबाट दोस्रो मात्रा लगाइने जनाएको छ । खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमले पहिलो डोज लगाएका तीन लाख ७० हजार जनालाई असार २२ गतेबाट दोस्रो डोज लगाइने तय भएको जनाए ।
अघिल्ला खोप अभियानमा भेरोसेल खोपको बुस्टर डोज अर्थात दोस्रो मात्रा लगाउन छुटेकाले समेत सो अवधिमा दोस्रो बुस्टर डोज लगाउन पाउने उनले बताए ।
उनले भने, ‘यसअघि भेरोसेलको पहिलो डोज लगाएकाले पहिलो मात्रा लगाएको कार्ड देखाएर दोस्रो डोज लगाउन पाउनेछन् ।’
पछिल्लो पटक ६०-६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकले भेरोसेल खोपको पहिलो मात्रा लगाएका थिए । ६ लाख ६२ हजार ३६७ जना ज्येष्ठ नागरिकलाई भेरोसेल खोपको पहिलो मात्रा लगाउने लक्ष्य रहेकोमा तीन लाख ७० हजार ३९५ जना ज्येष्ठ नागरिकले मात्र भेरोसेल खोपको पहिलो मात्रा लगाएको उनले जनाए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।