१० असार, सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोकबासीको दुःखमा सहयोग गर्न नेपाल लोकतान्त्रिक खेलकुद संघ बाग्मती प्रदेश टिम हेलम्बुको ढाेडेनीसम्म पुगेको छ । संघका सभापति दिपक गुरुङ्गको नेतृत्वमा काठमाडौँबाट हिँडेको टोली साँझ ७ बजे उक्त स्थान पुगेको थियो ।>
अत्यन्तै कष्टकर बाटो पार गर्दे हेलम्बुकोको ढाेडेनीमा हेलम्बु गाउँपालिका प्रमुख निमा ग्लाल्यजेन शेर्पालाई राहत सामग्री हस्तान्तरण गरिएको थियो । ५० परिवारका लागि खाद्यान्न, ब्यालाकेंट, इमरजेन्सी लाइट, त्रिपाल , लगायत अन्य सामग्री गरी २,००,००० दुई लाख बराबरको सो सहयोग हस्तान्तरण गरिएको हो ।
चनौटे स्थित रातोपुलबाट माथिको भेगमा सवारी साधना सहज रूपमा पुग्ने अवस्था नरहे पनि गुरुङ्ग नेतृत्वको टोली कष्टकर यात्रा सहित सो स्थानमा पुगेको हो । लोकतान्त्रिक खेलकुद संघका पदाधिकारी सहित काठमाडौँका विभिन्न स्थानका सक्रिय युवाहरूको टोली हेलम्बु पुगेको हो ।
गुरुङ्गले पीडितको हातमा नै राहत दिने उद्देश्य भएकाले सबैभन्दा बाढी प्रभावित स्थानमा आएको उनले बताए । यातायात अभावका कारण यो ठाउँमा कम मात्रै राहत पुगेको भन्ने जानकारी प्राप्त भएपछि आफ्नो समूह सो स्थानमा पुगेको उनले बताए ।
काठमाडौँमा कोभिड सङ्क्रमण विरुद्धको अभियान सञ्चालन गरी खेलाडी तथा प्रशिक्षक एवं खेलकर्मीहरूको सहयोगमा जुटिरहेको संघ हेलम्बु तथा मेलम्ची आएको भंयकर बाढी अनि पहिरो बाट विस्थापित परिवारलाई अत्यावश्यक सहयोग गर्न हेलम्बु पुगेको जानकारी अध्यक्ष गुरुङ्गले दिएका छन् ।
असार १, २ तथा ३ गते सम्म निरन्तर आएको बाढी र पहिरो बाट सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका ग्याल्थुम, हेलम्बु २ तिम्बु, किउल, चनौटे बाट मेलम्ची, पाँच पोखरी थाङ्गपाल गाउँपालिका ,मेलम्ची बजार, तारामाराङ्ग, मेलम्ची, पूर्ण रूपमा प्रभावित भएका छन् । सोही राहत वितरण कार्यक्रममा केन्द्रित हुँदै केटिएम खबरका लागि श्याम कार्कीले नेपाल लोकतान्त्रिक खेलकुद संघ बाग्मती प्रदेशका सभापति दीपक गुरुङ्गसंग स्थलगत संवाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित भिडियो अंश:
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।