शनिबार, साउन ९ २०८३
ताजा अपडेट

हेटौंडा उपमहानगरपालिकाद्वारा २ अर्ब ६० करोडको बजेट प्रस्तुत


  • बिहिबार, असार १० २०७८
9.5K
SHARES

फाइल तस्विर

हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि २ अर्ब ६० करोड १५ लाख ५२ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।

उपमहानगरपालिकाको आज बसेको ९ औं नगरसभामा उपमेयर मिनाकुमारी लामाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेकी हुन् ।

हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि चालू आर्थिक वर्षको भन्दा ६ करोड ७६ लाख रुपैयाँ बढी बजेट प्रस्तुत गरेको छ ।

हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि आर्थिक विकास क्षेत्रभित्रका समग्र योजनाका लागि १२ करोड ९८ लाख रुपैयाँ, सामाजिक विकास अन्तर्गत स्वास्थ्य तर्फको सशर्त र आन्तरिक बजेट तर्फको कार्यक्रम संचालनका लागि ८ करोड ७६ लाख १० हजार रुपैयाँ, खेलकूद तथा मनोरञ्जन तर्फ ३ करोड ७२ लाख ८० हजार रुपैयाँ, लैंगिक समानता तथा सामाजिक समावेशीकरण कार्यक्रम संचालनका लागि ३ करोड ७ लाख रुपैयाँ, विपद् व्यवस्थापन र वाताबरण संरक्षण कार्यक्रमका ५ करोड ४४ लाख २२ हजार रुपैयाँ, शिक्षा तर्फको सशर्त र आन्तरिक बजेट तर्फको  कार्यक्रम संचालनका लागि ६३ करोड ९२ लाख ९९ हजार रुपैयाँ विनियोजन गरिएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा