नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले देश जोगाउने जिम्मेवारी राजनीतिक दल र मिडियाकर्मीको समेत भएको बताएका छन् । बिहीबार सम्पादकहरूसँगको छलफलमा नेता नेपालले आफुहरु अहिले कुर्सीका लागि नभई देशको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र जोगाउनुपर्ने बेला भएकाले सवैको हातेमालो आवश्यक रहेको बताएका हुन् ।
देश जोगाउने अभिभारा तपाइँहरुको हो, हाम्रो हो, हामी सवैको हो’नेता नेपालको भनाइ छ ।
उनले देशको स्वाधिनता, स्वाभिमान र राष्ट्रहितको रक्षाका लागि संघर्ष गरिरहेको भन्दै ओलीको अहंकारले संसद विघटन गरेपनि कोर्स करेक्सन गर्न सकिने बताए ।
देशमा गणतन्त्र आएको छ, संघीयता आएको छ । जनताको चेतना प्रखर भएको छ । सुशासनको प्रत्याभुति, संविधानको रक्षा र सहि काम गरेर जनताको जीवनलाई सम्मृद्ध बनाउनुपर्ने बेलामा संसदलाई विघटन गरेर चुनाव नै हुननसक्ने चुनावको घोषणा गर्नु ओलीको अहंकार मात्रै हो । यो कोर्स करेक्सन गरौ । त्रुटि कमजोरी हुन्छन् सुधार गर्न सकिन्छ’, नेता नेपालको भनाइ छ ।
उनले ओलीले गल्ती स्वीकारेर आएर उनलाई स्वागत गर्न सकिने बताए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।