आइतबार, कार्तिक ३० २०८३
ताजा अपडेट

सामुदायिक विद्यालयमा कक्षा ११ र १२ पढ्नेलाई पाठ्यपुस्तक नि:शुल्क


  • बिहिबार, असार १० २०७८
9.4K
SHARES

फाइल तस्विर

शैक्षिक सत्र २०७८ देखि सामुदायिक विद्यालयमा कक्षा ११ र १२ का विद्यार्थीहरुलाई सरकारले निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउने भएको छ ।

सरकारले आगामी वर्षको बजेट वक्तव्यमा घोषणा गरे अनुसार यसपटकदेखि कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीहरुलाई निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउन लागिएको पाठ्यक्रम विकास केन्द्रका निर्देशक गणेशप्रसाद भट्टराईले बताए ।

सरकारले आर्थिक वर्ष २०७८/०८९ को बजेट वक्तव्यमार्फत कक्षा १२ सम्म अध्ययन गर्ने विद्यार्थीलाई निःशुल्क पाठ्यपुस्तक प्रदान गर्ने घोषणा गरेको थियो ।

उनका अनुसार कक्षा ११ र १२ मा अध्ययरत विद्यार्थीहरुले अनिवार्य विषय निःशुल्क पाउँछन् भने ऐच्छिक विषय आफैँले खरिद गर्नुपर्नेछ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा