बुधबार, कार्तिक १२ २०८३
ताजा अपडेट

‘राष्ट्रपतिलाई हामीले श्री ५ भन्दा पनि ठूलो महाराज बनाउन खोज्या हो ?’


  • बिहिबार, असार १० २०७८
7.9K
SHARES

वरिष्ठ अधिवक्ता रमन श्रेष्ठले सरकारका गलत सिफारिस राष्ट्रपतिले नसच्याउँदा अहिलेको अवस्था आएको आरोप लगाएका छन् । विगतमा सेनापति रुक्माङ्गद कटुवाललाई मन्त्रिपरिषद्ले कारवाही गर्दा तत्कालिन राष्ट्रपति रामवरण यादवले सच्याएको स्मरण गर्दै उनले अहिले भने ओली सरकारले जे सिफारिस गर्यो त्यसलाई आँखा चिम्लेर राष्ट्रपतिले सदर गरिदिँदा समस्या भएको बताए ।

प्रतिनिधिसभा विघटनविरुद्धको काँग्रेस सभापति शेरबहादुर देउवालगायतको तर्फबाट संवैधानिक इजलासमा बिहीबार बहस गर्दै उनले मन्त्रिपरिषद्को गलत निर्णय नसच्याएर ‘राष्ट्रपतिलाई श्री ५ भन्दा पनि ठूलो महाराज बनाउन खोजिएको हो ?’ भन्दै प्रश्न गरे, ‘हामीले राजा ज्ञानेन्द्रलाई हटाएर यो व्यवस्था ल्याएको होइन ?

उनले इजलासले प्रधानमन्त्री केपी ओलीलाई सोधेको लिखित जवाफप्रति टिप्पणी गर्दै उनी शब्द चयनमा माहिर रहेको बताए । ‘धारा ७६ (५) सांसदहरुलाई दिएको ब्रम्हास्त्र हो । उपधारा ५ अनुसार सांसदहरुले अन्तिमसम्म पनि सरकार दिएर संसद जोगाउन सक्छन्’, श्रेष्ठको जिकिर छ, ‘ जहाँ सांसदहरुले स्वतन्त्र रुपमा सरकार बनाएर संसद जोगाउन सक्छन् । ७६ को ५ अनुसार दलको समर्थन चाहिने, अर्को दलको नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्न नपाउने भन्ने तर्क हुन सक्दैन ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा