बुधबार, साउन १३ २०७८
ताजा अपडेट

संवैधानिक इजलासमा बहस–देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी हुनुपर्छ


  • KTM Khabar
  • बुधबार, असार ९ २०७८
2.2K
SHARES

फाइल तस्विर

अधिवक्ता खम्बबहादुर खातीले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी हुनुपर्ने माग गरेका छन् । प्रतिनिधिसभा विघटनविरद्धको रिट निवेदनमाथि बुधबारको संवैधानिक इजलासमा सुनुवाइका क्रममा उनले आफ्नो अनुकुल परिस्थिति नदेखेपछि मालाफाइड इन्टेन्सन (कुत्सित मनाशाय) राखेर प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेको दावी गरे ।

‘राजनितिक दल सम्बन्धीको प्रोभिजन यो मुद्दामा लागू हुने अवस्था छैन् । आफ्नो अनुकुल परिस्थिति नदेखेपछि मालाफाइड इन्टेन्सन (कुत्सित मनाशाय) राखेर प्रतिनिधिसभा विघटन गरिएको छ’, उनले बहसका क्रममा भने, ‘शेर बहादुरलाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी हुनुपर्छ ।
उनले राष्ट्रपतिले भनेको वैकल्पिक सरकार ओलीसहितको नभइ उनीरहितको भएको जिकिर गरे । उनले दलीय व्यवस्था लागु हुने नहुने सन्दर्भमा प्रधानमन्त्री पदमुक्त भएको अवस्था रहेको पनि बताए ।

रिट निवेदक देउवाको तर्फबाट बहसको क्रममा उनले भने, ‘१४६ जना सशरीर उपस्थित भएर रिट हालेको अवस्था छ । फागुन २७ मा विश्वासको मत प्राप्त नगरेपछि ओलीलाई लार्जेस्ट पार्टीको रुपमा पिएम नियुक्त गरेको छ। त्यसपछि विश्वासको मत लिन चाहन्न भनेर आधार र कारण पेश गरेको अवस्था छ ।’
उनले राष्ट्रपतिको कार्यालयले देउवाको पक्षमा १४९ जनाले हस्ताक्षर गरेको स्वीकार गरेको गर्दै उनले भने, ‘दुवैको जोड्दा ३०२ जना हुन आउँछ । संसदमा ३०२ सदस्य छैनन् ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा