बुधबार, कार्तिक १२ २०८३
ताजा अपडेट

सहुलियत मूल्यमा खाद्यान्न बिक्री बन्द


  • बुधबार, असार ९ २०७८
10.2K
SHARES

फाइल तस्विर

सरकारी स्वामित्वका खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङले खाद्यान्नमा उपभोक्ताहरुलाई दिंदै आएको छुट बन्द गरेका छन् ।

निषेधाज्ञा खुकुलो भएको भन्दै अब छुट नदिने निर्णय गरिएको हो ।

उपभोक्ताहरुले खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङको बिक्री केन्द्रहरुबाट नुन, तेल, चामल, पिठो, चिनी र खाना पकाउने एसटिसी ग्यास किन्दा जेठ २० गतेदेखि २० प्रतिशत छुट पाउँदै आएका थिए ।

साल्ट ट्रेडिङ कर्पाेरेसनका सहायक कार्यकारी अधिकृत पंकज जोशीले हालको परिवर्तित स्थितिअनुसार छुट दिन स्थगित गरिएको बताए ।

सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तव्यमा निषेधाज्ञाबाट समस्या परेकाहरुलाई दैनिक उपभोग्य वस्तुमा सहुलियत दिने घोषणा गरेको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा