शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

बालोन डि‘ओरको नयाँ ‘पावर र्‍याङकिङ’ सार्वजनिक!!


  • मंगलबार, असार ८ २०७८
18.3K
SHARES

फाइल तस्विर

सिजन २०२०–२१ सकिएर अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता सुरु भएपछि पहिलोपटक बालोन डिओर अवार्डका लागि ‘पावर र्‍याङकिङ’ सार्वजनिक भएको छ । फुटबलको चर्चित संस्था ‘गोल’ले अन्तर्राष्ट्रिय फुटबलको पछिल्लो अवस्थालाई समेत मूल्यांकन गरेर ताजा ‘पावर र्‍याङकिङ’ प्रकाशित गरेको छ । यसमा सिजन २०२०–२१ को समग्र प्रदर्शन र अन्तर्राष्ट्रिय फुटबल सुरु भएपछि यहाँसम्मको अवस्थामा खेलाडीको व्यक्तिगत प्रदर्शन र उपलब्धिलाई मुख्य आधार मानिएको छ ।‘गोल’ले प्रकाशित गरेको टप–२० सूची यहाँ प्रकाशित गरिएको छ । यहाँ वर्ष २०२१ अन्तर्गत यहाँसम्मको मात्रै तथ्यांक राखिएको छ ।

१। एन्गोलो कान्टे फ्रान्स–चेल्सी – १ असिस्ट र च्याम्पियन्स लिग उपाधि
२। केलियन एमबाप्पे फ्रान्स–पिएसजी – गोल २९, असिस्ट ५, उपाधि २ फ्रेन्च कप र सुपर कप
३। केभिन डे ब्रुयाने बेल्जियम–म्यानचेस्टर सिटी – गोल १०, असिस्ट ९, उपाधि २ प्रिमियर लिग र काराबाओ कप
४। रोवर्ट लेवान्डोस्की पोल्यान्ड–बार्यन म्युनिख – गोल ३२, असिस्ट ४, उपाधि २ बुन्डेसलिगा र फिफा क्लब विश्वकप
५। रोमेलु लुकाकु बेल्जियम–इन्टर मिलान – गोल २०, असिस्ट ७, उपाधि १ सिरी ए
६। क्रिस्टियानो रोनाल्डो पोर्चुगल–युभेन्टस – गोल २५, असिस्ट ७, उपाधि २ कोपा इटालिया र सुपर कप
७। लिओनल मेस्सी अर्जेन्टिना–बार्सिलोना – गोल ३०, असिस्ट १०, उपाधि १ कोपा डेल रे
८। रुबेन डियाज पोर्चुगल–म्यानचेस्टर सिटी – गोल १, क्लिन सिट १९, उपाधि २ प्रिमियर लिग र काराबाओ कप
९। करिम बेन्जेमा फ्रान्स–रियल मड्रिड – गोल १८, असिस्ट ५
१०। फिल फोडेन इंग्ल्यान्ड–म्यानचेस्टर सिटी – गोल ११, असिस्ट ७, उपाधि २ प्रिमियर लिग र काराबाओ कप
११। अर्लिङ हल्यान्ड डर्टमुन्ड–नर्वे – गोल २५, असिस्ट ९, उपाधि १ जर्मन कप
१२। नेइमार ब्राजिल–पिएसजी – गोल १२, असिस्ट ९, उपाधि २ फ्रेन्च कप, सुपर कप
१३। एन्टोनी ग्रीजम्यान फ्रान्स–बार्सिलोना – गोल २०, असिस्ट ११, उपाधि १ कोपा डेल रे
१४। फ्रेन्की डे जोङ नेदरल्यान्ड्स–बार्सिलोना – गोल ६, असिस्ट ६, उपाधि १ कोपा डल रे
१५। इकाए गुन्डोवान जर्मनी–म्यानचेस्टर सिटी – गोल १६, असिस्ट ६, उपाधि २ प्रिमियर लिग र काराबाओ कप
१६। मासोन मोउन्ट इंग्ल्यान्ड–चेल्सी – गोल ९, असिस्ट ३, उपाधि १ च्याम्पियन्स लिग
१७। ब्रुनो फर्नान्डेज पोर्चुगल–म्यानचेस्टर युनाइटेड – गोल १६, असिस्ट १०
१८। ह्यारी केन इंग्ल्यान्ड–टोटनह्याम – गोल १९, असिस्ट ५
१९। मेम्फिस डिपे नेदरल्यान्ड्स–बार्सिलोना – गोल २०, असिस्ट ११
२०। लुइस स्वारेज उरुग्वे–एथ्लेटिको मड्रिड – गोल १३, असिस्ट २, उपाधि १ ला लिगा


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा