युरो कप २०२० मा आज दुई खेल हुँदै छन् । समूह चरणको तेस्रो खेलअन्तर्गत समूह ‘डी’का चार टोलीले आज खेल्दै छन् ।
आज हुने दुवै खेल नेपाली समयानुसार राति १२ः४५ बजे हुनेछन् । आज इङ्ग्ल्यान्डले चेक रिपब्लिकसँग खेल्ने छ । वेम्बली स्टेडियममा इङ्ग्ल्यान्ड चेक रिपब्लिकलाई हराउँदै नकआउट चरणमा पुग्ने योजनामा छ ।
दुई खेलमा चार अङ्क जोडेको इङ्ग्ल्यान्ड दोस्रो स्थानमा छ । बराबरी खेल्दा पनि इङग्ल्यान्ड अघिल्लो चरणमा पुग्ने छ । तर पराजित भएमा अन्य टिमको नतिजामा निर्भर रहनुपर्ने छ ।
यता, चेक रिपब्लिक पनि इङ्ग्ल्यान्डलाई हराएर अन्तिम १६ मा पुग्ने दाउमा छ । समान चार अङ्क भएको चेक रिपब्लिक शीर्ष स्थानमा छ ।
यसैगरी, अर्को खेलमा क्रोएसिया र स्कटल्यान्डले खेल्ने छन् । यो खेल हाम्पडेन पार्कमा हुनेछ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।