शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

युरोकपमा समूह चरणमा बेल्जियमको पनि शतप्रतिशत जित


  • मंगलबार, असार ८ २०७८
11.2K
SHARES

८ असार, काठमाडौं । बेल्जियम समूहमा अपराजित रहँदै युरोकप २०२० को नकआउट चरणमा प्रवेश गरेको छ ।

समूह बी अन्तर्गतत सोमबार राति भएको समूह चरणको अन्तिम खेलमा फिनल्याण्डलाई २-० ले पराजित गर्दै बेल्जियमले शतप्रतिशत जित हात पारेको हो ।रुसको सेन्ट पिटर्सवर्ग स्टेडियममा बेल्जियमलाई जित दिलाउन रोमेलु लुकाकुले एक गोल गरे भने एक गोल उपहार पाएको थियो ।पहिलो हाफ गोलरहित बराबरी सकिए पनि दोस्रो हाफमा आत्मघाती गोलबाट बेल्जियमले अग्रता बनायो ।

फिनल्याण्डका गोलकिपर लुकास ह्राडेकीले ७५औं मिनेटमा आत्मघाती गोल गरे । ८१औं मिनेटमा लुकाकुले गोल गर्दै बेल्जियमलाई २-० को जित दिलाए । उनले केभिन डे ब्रुएनाको पासमा गोल गरे ।जितपछि बेल्जियम ३ खेलबाट ९ अंक जोड्दै समूह बी को विजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेको छ ।

यसअघि पहिलो खेलमा रुसलाई ३-० ले हराएको बेल्जियमले दोस्रो डेनमार्कलाई २-१ ले हराएको थियो ।
उता पहिलो पटक युरोकप खेलेको फिनल्याण्ड भने समूहको तेस्रो स्थानमा रह्यो । फिनल्याण्डले ३ खेलमा ३ अंक जोड्यो ।
फिनल्याण्डको अन्तिम १६ मा पुग्ने सम्भावना कायम रहेको छ ।

समूहको तेस्रो स्थानमा रहने उत्कृष्ट टिम बन्दै फिनल्याण्डको अन्तिम १६ मा स्थान बनाउने सम्भावना रहेको हो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा