८ असार, काठमाडौं । अर्जेन्टिनाले कोपा अमेरिका फुटबलमा लगातार दोस्रो जित हात पारेको छ ।
समूह ए अन्तर्गत मंगलबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले पाराग्वेलाई १ं-० ले पराजित गर्दै दोस्रो जित हात पारेको छ ।
अर्जेनिटनाका लागि अलेजान्द्रो गोमेजले खेलको १०औँ मिनेटमा गोल गरेका थिए । कप्तान लिओनल मेस्सीले पहिलो हाफको इन्जुरी टायममा गोल गरे पनि अफसाइड भन्दै मान्यता पाएन ।
समूह ए मा अपराजित अर्जेन्टिना ३ खेलबाट ७ अंक जोड्दै शीर्ष स्थानमा छ । पाराग्वे २ खेलबाट ३ अंकिहित तेस्रो स्थानमा छ ।
यस्तै अर्जेन्टिनाले क्वाटरफाइनलमा पनि स्थान बनाएको छ । समूहमा ५ मध्ये शीर्ष चार टिम क्वाटरफाइनलमा प्रवेश गर्नेछन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।