असार काठमाडौं । सुरुवाती दुई खेल हारे पनि रुसमाथि सनसनीपूर्ण जित हात पार्दै डेनमार्क युरोकप २०२० को नकआउट चरणमा प्रवेश गरेको छ ।
समूह ‘बी’ अन्तर्गत सोमबार राति भएको खेलमा रुसलाई ४९१ ले पराजित गर्दै डेनमार्क समूह उपविजेताको रुपमा अन्तिम १६ मा पुगेको हो ।
घरेलु मैदान पार्केन स्टेडियममा डेनमार्कलाई जित दिलाउन मिकेल डाम्सगार्ड, युसुफ पाउलसेन, आन्द्रेस क्रिस्टियनसेन र जोकिम मुहलेले एक(एक गोल गरे । रुसका आर्टम ज्यूबाले एक गोल फर्काए ।
खेलको ३८ औं मिनेटमा डाम्सगार्डले गोल गर्दै डेनमार्कलाई अग्रता दिलाएका थिए । ५९ औं मिनेटमा पाउलसेनले गोल गर्दै डेनमार्कको अग्रता २(० को बनाए ।
७० औं मिनेटमा रुसका ज्युबाले पेनाल्टीमा गोल गर्दै खेललाई २(१ को स्थितिमा ल्याए । तर ७९ औं मिनेटमा क्रिस्टियनसेन र ८२ औं मिनेटमा जोकिमले गोल गर्दै डेनमार्कलाई ४(१ को जित दिलाए ।
यस जितपछि डेनमार्क ३ खेलबाट ३ अंक सहित समूह बी को उपविजेता बन्यो । फिनल्याण्ड र रुस समान ३ अंक भएपनि डेनमार्क गोल अन्तरमा अघि रहेको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।