शनिबार, साउन ३० २०८३
ताजा अपडेट

उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयमा स्थगित सेवा आजबाट सुरु


  • मंगलबार, असार ८ २०७८
11.5K
SHARES

फाइल तस्विर

काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयहरुले यसअघि स्थगित गरिएका सबै सेवाहरु आजबाट सन्चालनमा ल्याएका छन् ।

जनस्वास्थ्य सम्बन्धी मापदण्ड पालना गरी मंगलबारबाट उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरुले सम्पूर्ण सेवा पुनः सन्चालनमा ल्याएका हुन् ।

कोरोना संक्रमणको महामारी बढेपछि यसअघि जिल्ला प्रशासन कार्यालयहरुले अत्यावश्यक बाहेकका सबै सेवा स्थगित गरेका थिए ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रशासकीय अधिकृत मानबहादुर बुढाका अनुसार जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गरी सेवाग्राही उपस्थित हुन सक्नेछन् ।

जिल्ला प्रशासन काठमाडौंका अनुसार मंगलबारबाट नयाँ नागरिकता, नागरिकताको प्रतिलिपी, नाबालक परिचयपत्र, राहदानी वितरण तथा सिफारिस सेवा सुरु भएको छ ।

त्यसैगरी हातहतियार दर्ता तथा नवीकरण, संघसंस्था दर्ता तथा नवीकरण, पत्रपत्रिका दर्ता र अन्य सिफारिसहरु पनि खुला भएका छन् ।

जिल्ला प्रशासन कार्यालय ललितपुरले जिल्लाका सबै सरकारी एवं सार्वजनिक निकायलाई मंगलबारदेखि नियमित सेवा प्रवाहको व्यवस्था मिलाउन अनुरोध गरेको छ ।

ललितपुर महानगरवासीले आइतबार, सोमबार र मंगलबार मात्र नागरिकता, प्रतिलिपि, नावालिग परिचयपत्र, राहदानी र हातहतियार दर्ता नवीकरण सेवा लिन पाउने छन् ।

गोदावरी र महालक्ष्मीनगर पालिकामा बसोबास गर्नेहरुले बिहीबार र शुक्रबार जिल्ला प्रशासन कार्यालयबाट सेवा लिन पाउने व्यवस्था मिलाइएको छ । अन्य गाउँपालिकाहरुलाई भने बुधबार सेवा प्रदान गरिने जिल्ला प्रशासन कार्यालयल ललितपुरले जनाएको छ ।

काठमाडौं उपत्यका बाहिरको हकमा बार छुट्याएर पालिकाहरुलाई नियमित सेवा प्रदान गर्न सहजीकरण गरिएको जिल्ला प्रशासन कार्यालयहरुले जनाएका छन् ।

अधिकांश जिल्ला प्रशासन कार्यालयहरुले निषेधाज्ञा थप खुकुलो बनाउँदै लगेका छन् । हाल काठमाडौं उपत्यकासहित ७५ जिल्लामा निषेधाज्ञा जारी छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा