शुक्रबार, साउन ८ २०८३
ताजा अपडेट

बन्द भयो ‘सडक कुकुर खाना’ अभियान


  • सोमबार, असार ७ २०७८
21.8K
SHARES

काठमाडौँ ।
निषेधाज्ञा सुरु भएको केही दिनबाट सुरु गरिएको ‘सडक कुकुर खाना’ अभियानलाई बन्द गरिएको छ ।

बूढानलिकण्ठ नगरपालिका वडा नम्वर ११ का युवाहरुले बैशाख २५ गतेदेखि उक्त अभियान सञ्चालन गरेका थिए । अभियानको ४३औँ दिन सोमबार पुगेसंगै ‘सडक कुकुर खाना’ अभियान बन्द गरिएको हो ।

ग्राम शिक्षा मन्दिर स्काउट ट्रुप–क्रिउका रोभर लिडर राजकुमार खड्का, समाजसेवी प्रकाश कटुवाल तथा टिमले वैशाख २५ गतेबाट अभियानलाई सञ्चालन गरेका थिए ।

मङ्गलवारबाट निषेधाज्ञालाई केही खुकुलो बनाइएको छ । त्यस पछि सडक कुकुरलाई खानाको खासै अभाव नहोला भनेर हालको लागि खाना अभियानलाई बन्द गरिएको राजकुमार खड्काले केटिएम खबरलाई बताए ।

‘यस अभियानमा वडा नम्बर ११ को विशेष सहयोग रह्यो, वडाध्यक्ष राजु अधिकारी प्रति विशेष आभारी छु’, खड्का भन्छन् । यस्तै स्थानीय समाजसेवी प्रकाश कटुवालसँगै धेरै साथीहरूले सहयोग गर्नु भएको छ ।  सबै सहयोगी मनहरूलाई धन्यवाद दिन्छु ।

‘सडक कुकुर खाना’ अभियान अन्तर्गत बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १०, ११, १२ र १३ का सडक कुकुरलाई दैनिक रूपमा खाना दिइँदै आइएको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा