शनिबार, साउन ९ २०८३
ताजा अपडेट

माओवादी केन्द्रले निष्कासनको कारबाहीबारे आयोगलाई दियो जानकारी


  • सोमबार, असार ७ २०७८
18.1K
SHARES

फाईल तस्बिर

नेकपा माओवादी केन्द्रले दल त्याग गरेका १७ केन्द्रीय सदस्य र १४ जनप्रतिनिधिलाई निष्कासन गरी निर्वाचन आयोगमा जानकारी गराएको छ ।

केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालका अनुसार सोमबार बसेको केन्द्रीय कमिटी बैठकले उनीहरुलाई निष्कासनको कारबाही गरेको हो । सो निर्णयसहित सोमबार दिउँसो दल दर्ता किताबमा रहेको विवरण सच्याउन आयोगमा पत्र पठाएको उनले जानकारी दिए ।

निष्कासनको कारबाहीमा परेका १७ जना केन्द्रीय सदस्यमा रामबहादुर थापा ‘बादल’, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा, प्रभु साह, गौरीशंकर चौधरीलगायत छन् ।

यसअघि नै कारबाहीको जानकारी गराए पनि निर्वाचन आयोगले केन्द्रीय समितिको निर्णय माग गरेपछि माओवादी केन्द्रले केन्द्रीय समितिबाट निर्णयसहित पठाएको हो ।

माओवादी केन्द्रले दल त्याग गरेर नेकपा एमाले प्रवेश गरेका स्थानीय तहका १४ जना जनप्रतिनिधिको पद रिक्त गराउन निर्वाचन आयोगमा विवरण बुझाएको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए ।

माओवादीबाट निर्वाचित भइ एमाले बनेका कारण कारबाहीमा परेकाहरुमा दुई नगरपालिकाका मेयर, गाउँपालिका अध्यक्ष, वडाध्यक्ष र वडा सदस्यहरु छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा