शनिबार, साउन ९ २०८३
ताजा अपडेट

७१ अंकले नेप्से घट्दा नारायणी डेभलपमेन्ट बैंकमा भने आकर्षण


  • सोमबार, असार ७ २०७८
10.9K
SHARES

फाइल तस्बिर

साताको पहिलो दिन उच्च अंकले घटेको सेयर कारोबार कारोबार मापक नेप्से परिसूचक दोस्रो दिन पनि उच्च अंकले गिरावट आएको छ । ७१ दशमलव ०६ अंकले घटेर २ हजार ८ सय ३४ दशमलव ४० अंकमा झरेको छ ।

‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ८ दशमलव ३७ अंकले घटेर ५२० दशमलव १८ अंकमा झरेको छ । कारोबार रकम भने करिब १२ अर्ब पुगेको छ ।

१ लाख ३० हजार ३९७ कारोबारबाट २२७ कम्पनीको २ करोड ३० लाख ११ हजार ८२० कित्ता सेयर किनबेच भएका छन् । जसबाट कारोबार रकम ११ अर्ब ८४ करोड ५४ लाख ५४ हजार ६ सय ४ रुपैयाँ पुगेको छ ।

आज धेरै गुमाउनेमा फाइनान्स कम्पनी र दोस्रोमा जलविद्युत् कम्पनीहरु देखिएका छन् । विकास बैंक समूह ४ दशमलव ६ प्रतिशतले गिरावट आउँदा सबैभन्दा धेरै कमाउनेमा नारायणी डेभलपमेन्ट बैंक देखिएको छ ।

जबारमा ७१ अंकको पहिरो जादा पनि नारायणीको सेयर मूल्य करिब १० प्रतिशतले वृद्धि भएको छ । यो बैंक समस्याग्रस्त सूचीमा परेर पनि राष्ट्र बैंकले फुकुवा गरेको बैंक हो ।

समस्याग्रस्तबाट फुकुवा भएपछि यस बैंकले १ बराबर २ अनुपातमा हकप्रद सेयर जारी गर्ने तयारी गरेको थियो । तर राष्ट्र बैंकले १ बराबर १ अनुपातमा मात्रै हकप्रद जारी गर्न स्वीकृति दिएको छ ।

बैंकले १ बराबर १ अनुपातमा हकप्रद जारी गर्न धितोपत्र बोर्डमा अनुमति माग गर्दै निवेदन दिएको छ । हकप्रदको कारण पनि यस बैंकको सेयर मूल्य वृद्धि भएको हो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा