भारतमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणमा निरन्तरको कमी देखिएको छ ।
भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नयाँ संक्रमितको संख्या ५३ हजारमा झरेको छ । यो संख्या ८८ दिनयताकै हो । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण एक हजार ४२२ जनाको मृत्यु भएको छ ।
त्यस्तै भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या पनि करीब ७ लाखमा झरेको छ । यससँगै भारतमा कोरोनाका समग्र संक्रमितको संख्या २ करोड ९९ लाख ३५ हजार नाघेको छ।
त्यस्तै अहिलेसम्म कोरोना संक्रमणको कारण तीन लाख ८८ हजार १३५ जनाको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा भारतको केरलाबाहेक सबै राज्यमा कोरोनाका १० हजारभन्दा कम नयाँ संक्रमित थपिएका छन् ।
अहिलेसम्म भारतमा २८ करोड डोजभन्दा धेरै कोरोना खोप मानिसहरुलाई लगाइसकिएको छ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।