शनिबार, साउन ९ २०८३
ताजा अपडेट

भोलिदेखि टुटल र पठाओ सेवा पनि सञ्चालन


  • सोमबार, असार ७ २०७८
5.3K
SHARES

फाइल तस्विर

राइड सेयरिङ कम्पनी टुटल र पठाओ कम्पनीले भोलि (मंगलबार) देखि सेवा सञ्चालन गर्ने भएका छन्। सरकारले लागू गरेको जोरबिजोर प्रणालीअनुसार नै सेवा सुरु गरिने कम्पनीले बताएका छन्।

आइतबार सरकारले मंगलबारदेखि निजी सवारीलाई जोरबिजोर प्रणालीअनुसार सञ्चालन गर्न दिइने निर्णय गरेको थियो।

निषेधाज्ञा कायमै रहेकाले सेवाग्राहीको संख्या कम हुने भए पनि सेवा सुरु गर्ने तयारी गरिएको पठाओका क्षेत्रीय निर्देशक असिममान सिहं बस्नेतले जानकारी दिए।

‘हामी त्यसबारे नै छलफल गरिरहेका छौँ। सरकारले तोकेको मापदण्ड पुरा गरेर सेवा सुरु गर्छौँ,’ वस्नेतले भने।

टुटलका सिइओ शिक्षित भट्टले पनि भोलिदेखि टुटलको सेवा सुरु गर्न आवश्यक तयारी पुरा गरिसेकेको बताए।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा