नक्कली पत्रकार र वन कर्मचारीको आवरणमा ठगी गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरको छ ।
प्रहरीका अनुसार ठगी आरोपमा पक्राउ पर्नेमा मोरङ सुन्दरहरैचा घर भएका पुष्पप्रसाद सिग्देल र सुनसरीको इटहरी घर भएका दधिराम चौहान छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी मानबहादुर राईका अनुसार प्रहरीले मोरङको रतुवामाई नगरपालिका–१० बाट ठगी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरुले आफूलाई ‘वन कार्यालयको कर्मचारी’ र ‘पत्रकार हुँ’ भनेर डर देखाएर रतुवामाई–१० मा रहेको माइवेनी काठ मिलमा इन्धन तथा नगद मागेर ठगी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
अहिले उनीहरुलाई ठगी कसुरमा म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।