शनिबार, साउन ९ २०८३
ताजा अपडेट

पहिरोले १५ स्थानमा सडक अवरूद्ध, २६ ठाउँमा एकतर्फी यातायात सञ्चालन


  • सोमबार, असार ७ २०७८
9.6K
SHARES

फाइल तस्विर

बाढीपहिरोले विभिन्न जिल्लाका १५ ठाउँमा राजमार्ग पूर्णरूपमा बन्द भएको छ ।

सबैभन्दा धेरै मनाङ र लमजुङ जिल्लाका सडक बन्द छन् । डुम्रे बेसीसहर–चामे सडक खण्डमा पर्ने मनाङ र लमजुङको ७ ठाउँका सडक बन्द छ । डुम्रे बेसीसहर–चामे सडक खण्डको मनाङमा पर्ने तिमाङ छहरा, तिमाङखोला, धारापानी र बगरछाप तथा लमजुङमा पर्ने रामबजार, अर्खले, च्याम्चे र घट्टेखोला सडक बन्द छन् ।

यस्तै बाजुराको साँफेबगर–मार्तडी–कोल्टी सडक खण्डको बार्जुगाड र हड्डे खोलामा सडक अवरूद्ध भएको छ । मुगुको घच्चीलेक, कालीकोटको भिग्म सडक, सुर्खेतको भेरी करिडोर सडकमा पनि पहिरोले पूर्णरूपमा बन्द भएको छ ।

अरनीको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको लिपिङ पुल र कोदारी, रसुवाको ठोरी-भण्डारा-मलेखु-गल्छी-त्रिशूली-वेत्रावती-मैलुङ-स्याफ्रुवेसी-रसुवागढी सडकखण्डको त्रिशूली खोला, सानु भार्खु खोला तथा गाँजाबारीमा पनि पहिरोले सडक पूर्णरूपमा बन्द भएको छ ।

सडक खुलाउने प्रयास भइरहे पनि पहिरो पहिरो पन्छाउन समस्या भएको सडक विभागले जनाएको छ । विभागकाअनुसार बाढी पहिरोका कारण ५२ ठाउँमा सडक बन्द रहेकोमा ११ ठाउँमा दुईतर्फी र २६ ठाउँमा एकतर्फी खुलाइएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा