पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले अहिले ३६ वर्षका भए तर उनको फिटनेसको जादु चलाइरहेका छन्। यस कुरालाई उनले जर्मनीविरुद्ध खेलमा शनिबार प्रमाणित गरेका छन् ।
म्युनिखमा भएको खेलमा जर्मनीले पोर्चगुललाई ४-२ ले पराजित गर्यो। पोर्चुगलका लागि रोनाल्डो र डिएगो जोटाले गोल गरे। तर रोनाल्डोले गरेको गोलको अहिले चौतर्फी प्रशंसा भइरहेको छ।
उनले केवल १४ सेकेन्डमा ९२ मिटर दूरी पूरा गरेका थिए। खेलका दौरान रोनाल्डोले १५ मिनेटमा पोर्चगुलको नियन्त्रणमा आयो। रोनाल्डोले बल जोटालाई पास दिए। काउन्टर अट्याकमा जोटाले दिएको पासलाई रोनाल्डोले सानदार गोल गरे।
जुन गोल गर्न रोनाल्डोले ३२ किमि प्रतिघण्टाको गतिमा दौड लगाए र बललाई सानदार फिनिसिङ दिए। रोनाल्डोको यो गोल जर्मनीविरुद्ध पहिलो हो। उनले जर्मनीविरुद्ध कुल ४५० बढी मिनेट मैदानमा बिताएका छन्। जहाँ उनले २५ बढी एटेम्ट गरे। रोनाल्डोले बिनागोल सर्वाधिक धेरै खेल फ्रान्सविरुद्ध ५ खेल खेलेका छन्।
रोनाल्डोले जर्मनीविरुद्ध गोल गरेसँगै जारी युरो २०२० मा गोल संख्या तीन पुर्याए। समग्र युरोमा भने उनको यो १२ औं गोल हो। उनी ५ पटक युरो खेल्ने खेलाडीसमेत हुन्।
रोनाल्डोले अहिलेसम्म १०७ अन्तराष्ट्रिय गोल गरेका छन्। उनी सर्वाधिक अन्तराष्ट्रिय गोल गर्नै इरानी खेलाडी अली दाइभन्दा अब २ गोलले पछि छन्।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।