आइतबार, कार्तिक २ २०८३
ताजा अपडेट

प्रहरी थर्काउने ज्वाला संग्रौला पक्राउ


  • आइतबार, असार ६ २०७८
16.5K
SHARES

तस्विरः फाइल

काठमाडौं – प्रहरी कार्यालयमा महिलामाथि कुटपिट गरेको अभियोगमा ज्वाला संग्रौला पक्राउ परेकी छन् । काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार ज्वालासँगै शर्मिला वाइबा र हिमाल उपाध्याय पनि पक्राउ परेका छन् ।

पीडित खुश्बु घिमिरेले दिएको किटानी जाहेरीका आधारमा उनीहरुलाई अभद्र व्यवहारको कसूरमा अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ । संग्रौलामाथि ट्राफिक प्रहरी वृत्त, महाराजगञ्जका प्रहरी सहायक निरीक्षक (असई) मणिकान्त झालाई दुर्व्यवहार गरेको पनि आरोप छ ।

झालाई उनले सरुवा गराइदिने धम्की दिंदै रंगभेदी अभिव्यक्ति दिएकी थिइन् । त्यसको चर्को विरोध भइरहेका बेला झाको काज सरुवा भएको खुल्यो । पछि ट्राफिकले पुनः उनलाई महाराजगञ्ज नै फिर्ता पठाएको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा